कास्कीका थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीका ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु अन्नपुर्ण गाउँपालिकाका १ जना पुरष रहेका छन् भने बाँकी ४५ जना पोखरा महानगरपालिकाका विभिन्न वडाका नागरिकहरु रहेका छन् । यस्तै पर्वतका २ जना र तनहुँका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ६ पुगेको छ ।




