गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान र लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको नुमना परिक्षणमा कास्कीका ५६ सहित १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा ५६ जना, तनहुँमा २४ जना, नवलपुरमा १२ जना, लमजुङ्मा ५ जना, बाग्लुङ्मा ४ जना, पर्वतमा २ जना, स्याङ्जामा ५ जना र म्याग्दीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ ।




