पोखरा महानगरपालिकामा ३५ सहित गण्डकीमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रा.लि पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार पोखराका ३५ जना, पर्वतका १ जना, स्याङ्जाका २ जना र तनहुँका ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ७९४ पुगेको छ ।




