पोखरामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार वडा नं. १, ६, ७, ९ र १७ मा ३–३ जना, वडा नं. ५,२५ र २९ मा २–२ जना, १०, १३, १६ र २० मा १–१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो पटक पोखरा महानगरपालिका गण्डकी प्रदेशमा कोरोना संक्रमणको हटस्पट बनिरहेको छ ।




