गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा २९ जना, लमजुङमा ७ जना र स्याङ्जाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ७२५ पुगेको छ ।




