चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गोरखाका ४ जना, लमजुङका १ जना र नवलपुरका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७३६ पुगेको छ ।




