पोखरामा ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचाररत उनिहरुको वितेको २४ घण्टा भित्र मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेमा पोखरा ९ का ६८ वर्षीय एक पुरुष, पोखरा २१ का ७ वर्षीय एक पुरुष, पोखरा १७ का २९ वर्षीय एक पुरुष र पोखरा १३ का ५५ वर्षीय एक पुरुष रहेका छन् ।
यस्तै गण्डकी मेडिकल कलेजमा भने पोखरा २७ का ७१ वर्षीय पुरुष, पोखरा ८ का ५४ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ का ५१ वर्षीय संक्रमित पुरुष रहेका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।




