शान्ति सम्झौता भएको १४ वर्षसम्म पनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्मबन्धि आयोगका काम अहिलेसम्म पुरा हुन नसकेको भन्दै समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले असन्तुष्टि जाहेर गरेका छन् ।
उनले यो गम्भिर बिडम्नाको विषय भन्दै खेद समेत व्यक्त गरेका छन् । साथै नेपालको इतिहासलाई ९ रेक्टरको भुकम्पले झै हल्लाईदिने विशाल क्रान्ति पछि देशको नेतृत्व केपि ओली जस्ता जनयुद्ध विरोधीको हातमा पुग्नु र शान्ति सम्झौतामा भएका आर्थिक सामाजिक रुपान्तरणका कामहरु सम्पन्न हुन नसक्नु बिडम्वनापुर्ण भएको उनले टिप्पणी गरेका छन् ।
डा.भट्टराईले विगतमा भएका आन्दोलनहरुको नेतृत्व गरिरहेका शक्तिहरु बिच धुव्रिकरण आवश्यक रहेको बताएका छन् । तत्कालिन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल सरकारका बीचमा वृहद शान्ति सम्झौता भएको आज १४ वर्ष पुरा भएको छ ।




