कर्णाली प्रदेशमा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार सुर्खेतका ५८ जना, दैलेखका ३ जना र रुकुम पश्चिमका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।




