गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि पोखरामा गरिएको नमुना परिक्षणमा गण्डकीका थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका ४२ जना, तनहुँका २ जना, गोरखाका १ जना, स्याङ्जाका ३ जना र पर्वतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ६६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार