गण्डकी प्रदेशमा थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकीका थप ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा १३ जना, बाग्लुङ्मा ११ जना, नवलपुरमा २२ जना, तनहुँमा ६ जना, गोरखामा ९ जना, लमजुङ्मा ३ जना, मुस्ताङ्मा २ जना र स्याङ्जामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ६१५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार