पोखरा महानगरपालिकामा थप १५ जनामा कोरोनाा भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा पोखराका १५ सहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै स्याङ्जामा १ र तनहुँमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ६८१ पुगको छ ।




