चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशको नवलपुरका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको नमुना परिक्षणमा नवलपुरको हुप्सेकोट र गैडाकोटमा ५ जनामा कोरोना संक्रमण भएको हो ।
यससंगै गण्डकीमा हालसम्म ९ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




