पोखरामा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत पोखरा १४ की ६७ वर्षीय एक महिलाको मृत्यु भएको हो ।
उनलाई निमोनिया र उच्चरक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।




