गण्डकी प्रदेशमा थप १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वासथ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा मात्र १३० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

विवरण अनुसार नवलपुरमा २९ जना, स्याङ्जामा १६ जना, तनहुँमा १३ जना, गोरखामा ४ जना, पर्वतमा ४ जना र लमजुङ्मा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ३५५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार