पोखराका ३ सहित गण्डकी प्रदेशमा आज कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं.१३ का ९२ वर्षीय एक पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं.७ का ५० वर्षीय संक्रमित पुरुषको लुम्बिनी मेकिल कजेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै पोखरा महानगरपालिका वडा नं. ८ का ६७ वर्षीय एक पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार कोरोना संक्रमणका कारण पोखरा महानगरपालिका वडा नं. ९ की ७५ वर्षीय एक महिलाको पनि गण्डकी मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको छ । यससंगै गण्डकीमा कोरोना सक्रमणका कारण मृत्यु हुनेको सख्या १०७ पुगेको छ ।




