गण्डकी प्रदेशमा थप १४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ४२ जना, नवलपुरका ५८ जना, लमजुङका १२ जना र मुस्ताङका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै म्याग्दीका ४ जना,स्याङ्जाका ७ जना, गोरखाका २ जना, तनहुँका ३ जना र पर्वतका ८ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार १५८ पुगेको छ ।




