कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार कर्णाली प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
https://googlepokhara-com.stackstaging.com/gandaki-coivd-update/
महाशाखाका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा सुर्खेतका ४४ जना, दैलेख अस्पताल दैलेखमा गरिएको नमुना परिक्षणमा दैलेखका ११ जना र चौरहजारी नगरपालिका पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको नमुना परिक्षणमा रुकुम पश्चिमका ६ तथा सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
https://googlepokhara-com.stackstaging.com/bharatpur-coivd-news/
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना डिस्चार्ज भएका छन् ।




