पोखरामा एक कोरोना संक्रमित महिलाको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार गराईरहेकी पोखरा महानगरपालिका वडा नं. ५ की ५९ वर्षीय ति महिलाको गयराति निधन भएको हो ।
अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार कार्तिक १४ गते कोरोना पुष्टि भइ उपचार गराईरहेकी उनलाई निमोनिया लगायतका अन्य स्वास्थ्य सम्बन्धि समस्याहरु समेत रहेका थिए । यससंगै सो अस्पतालमा कोरोनासंग सम्बन्धित मृत्युको संख्या २६ पुगेको छ ।
https://googlepokhara-com.stackstaging.com/covid-world-news-9/
यसैबिच आजै बाग्लुङ स्थित धौलागिरी अञ्चल अस्पतालमा उपचाररत अर्का एक जना कोरोना संक्रमितको पनि उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–३ का ६६ बर्षिय ति पुरुषको आज विहान १० बजेर २० मिनेटमा निधन भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार