गण्डकी प्रदेशमा आज थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा ७० जना, गोरखामा ३३ जना, बाग्लुङमा १ जना, स्याङ्जामा १ जना, लमजुङ्मा २ जना, तनहुँमा ९ जना र नवलपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कुल संक्रमितको संख्या ७ हजार ८६३ पुगेको छ । आज गण्डकीका ७१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म कोरोना संक्रमणका कारण गण्डकीमा ८० जनाको मृत्यु भएको छ ।
https://googlepokhara-com.stackstaging.com/america-election-2020/
यसैबिच नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनिहरु मध्ये १ हजार १७६ महिला र १ हजार ७५७ जना पुरुष रहेका छन् । ३ हजार १५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् । सरकारले भने कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोेच्च अदालतमा निवेदन दिएको छ ।
https://googlepokhara-com.stackstaging.com/bahira-child-vdo-samagree/
उता विश्वभर भने ४ करोड ६९ लाख बढि मानिसहरु संक्रमित भएका छन् । यो समाचार तयार गर्दा उनिहरु मध्ये १२ लाख ६ हजार बढिले ज्यान गुमाएका छन् ।




