सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्र तनहूँको आर्थिक सहयोगमा बहिरा बालबालिकाहरुका लागी आवश्यक प्रविधिमैत्री शैक्षिक सामाग्री निर्माणको अन्तिम चरणको शैक्षिक दृश्य सामाग्री तयार गर्ने कार्यको शुभारम्भ भएको छ ।
सृजना बहिरा मा.वि. पोखरा २६ कास्कीको समन्वयमा तयार गरिने दृश्य सामाग्रीको केभसिटी मिडिया प्रा.लिले छायांकन तथा सम्पादन गर्नेछ । विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउनको लागी प्रविधीमैत्री दृश्य सामाग्री सहज हुने सृजना बहिरा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पौडेलले बताए । श्रब्यदृश्य सहित पूर्ण रुपमा कक्षा १ को पाठ्क्रममा आधारित भएर सामाग्री तयार गरिने भएकाले गुणस्तरमा कुनै सम्झौता नगर्न र समयसिमा अगावै उत्पादन सक्न समेत केभसिटी मिडियालाई उनले आग्रह गरे ।
https://googlepokhara-com.stackstaging.com/pokhara-mun-coivd-news/
कार्यक्रममा सिर्जना बहिरा माबिकी प्रध्यानाध्यापक अनिता सिग्देलले कक्षा १ का साना भाईबहिनीहरुका लागी तयार पार्न लागिएको सामाग्रीले सिकाई प्रकृयामा सहयोग पुग्नुका साथै शिक्षण अवधारणामा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन । उनले कोभिडका कारण कक्षा लिन नपाएका बहिरा अपांगता भएका बिद्यार्थी र सम्बन्धीत शिक्षक तथा अभिभावकहरु समेत यसबाट लाभान्वित हुने अपेक्षा गरिन । कार्यक्रममा प्राविधिक समितिका सदस्य तथा कार्यक्रम निर्देशक सुनिल कुमार भण्डारीले छायंकन गर्न २० दिन र सम्पादन गर्न ३५ दिन लाग्ने योजना सहित केभसिटी मिडियालाई जिम्मा दिईएको बताए ।
https://googlepokhara-com.stackstaging.com/gandaki-coivd-10/
सम्झौता पत्रमा हस्ताक्षर गर्दै केभ सिटी मिडियाका निर्देशक सुवास अम्गाईले सृजना बहिरा माबिले आफूहरुलाई जिम्मेवारी दिएकोमा धन्यवाद दिदै समयसिमा अगाडी नै काम सक्ने प्रतिबद्धता व्यक्त गरे । श्रव्य दृश्यको क्षेत्रमा आफू र आफ्नो कम्पनीले लामो समयदेखी काम गर्दै आएकाले गुणस्तरमा कुनै शंका नगर्न पनि अम्गाईले विश्वास दिलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार