गण्डकी प्रदेशमा थप १८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार नवलपुरको गैडाकोटमा ११ जना, कावासोती र मध्यविन्दुमा २–२ जना, गोरखाको सुलिकोटमा १ जना र तनहुँको आँवुखैरेनी र देवघाटमा १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार १०५ पुगेको छ । यसैबिच गयराति म्याग्दीको धौलागिरी गाँउपालिका ७ का ८५ वर्षीय एक संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।




