गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा आज मात्र थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीमा ३४ जना, तनहुँमा १६ जना, पर्वतमा २ जना, लमजुङमा ३, स्याङ्जामा १० जना, बाग्लुङका ३ जना, नवलपुरमा १७ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय १६ पुगेको छ । ५० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार