गण्डकी प्रदेशमा आज १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरीमा कार्यरत बाग्लुङ्का एक युवाको मृत्यु भएको छ ।




