कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार कर्णाली प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/nabalpur-covid-3/
महाशाखाका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा सुर्खेतका ५३ जना, दैलेख अस्पताल दैलेखमा गरिएको नमुना परिक्षणमा दैलेखका १६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमुना परिक्षणमा जुम्लाका ५ जना र चौरहजारी नगरपालिका पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको नमुना परिक्षणमा रुकुम पश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-7/
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २४ पुगेको छ । १ हजार १८८ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।



