केहि कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पोखरा महानगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएका छन् । केही कर्मचारीमा कोरोना पुष्टि भएको र धेरै कर्मचारीहरु कन्ट्याक टे«सिङमा परेका कारण अर्को सुचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको प्रमुख मान बहादुर जिसीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-pokhara-2/
यसबाहेक सुचनामा महानगरपालिकाले आयोजना गर्ने गरि तोकिएका बैठक स्थगित र महानगरका पदाधिकारीहरुलाई आमन्त्रण गरिएका सम्पुर्ण कार्यक्रमहरुमा उपस्थित हुन असर्थ रहेको जनाईएको छ । तर, महानगरका महाशाखा र वडा कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरु भने यथावत रहने महानगरले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/baglung-covid-2/
पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै पोखरामा कोरोना संक्रमणको दर निकै बढेको छ । बजारमा मानिसहरुको चहलपहल सुरु भएदेखी नै संक्रमितहरु थपिने क्रम बढेको हो । आज मात्र ३० जना संक्रमित थपिई सकेका छन् भने सक्रिय संक्रमितको संख्या ६ सय ५० नाघेको छ ।





