गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा विभिन्न जिल्लाका २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/pokhara-mun-sewa-esthagit/
विवरण अनुसार म्याग्दीको वेनि, मंगला र रघुगंगा गाउँपालिकामा गरि ४ जना, कास्कीको पोखरा महानगरपालिकामा ५ जना र तनहुँको व्यास नगरपालिकामा १० जना र स्थानिय तह नखुलेका तनहुँ कै १ जना महिलामा कोरोना संक्रमण भएको हो ।

http://googlepokhara-com.stackstaging.com/baglung-covid-2/
यसैबिच तनहुँको व्यास नगरपालिका ३ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको मिति गयराति ११ः५० बजे गण्डकी मेडिकल कलेजको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको छ । उनलाई कोरोना संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-pokhara-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार