गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा बाग्लुङका ४१ जना सहित प्रदेशका ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-death-world-news-11/
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उता बाग्लुङमा ५१ जना, गोरखामा ७, नवलपुरमा ६, लमजुङका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका ८ जनाको चरक मेमोरियल अस्पताल, पोखरा र गण्डकी मेडिकल अस्पतालमा कोरोनाको परिक्षणका लागि नमुना संकलन भएको थियो ।
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ८४ पुगेको छ भने, ४६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार