बाग्लुङमा बिहानै ५१ जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा बाग्लुङ जिल्लाका विभिन्न पालिकाहरुमा एकै पटक ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-pokhara-2/
विवरण अनुसार बाग्लुङ नगरपालिकामा मात्रै ४६ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये ४२ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । उनिहरुको उमेर १० देखी ५० वर्षसम्म रहेको छ । १० वर्षकी बालिका रहेकी छिन् ।
http://googlepokhara-com.stackstaging.com/covid-gandaki-6/
यस्तै बाग्लुङको काठेखोला ६ मा २ जना पुरुष र तमानखोला गाउँपालिकामा २ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार