पुरानो पोखराको पहिचान बोकेका पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण चुनौतीपूर्ण बनेको सरोकारवालाहरुले बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ४ र २ मा रहेका पुराना शैलीका घरहरु भत्काउने क्रम सुरु भएपछि स्थानिय अधिकारी सहित सरोकारवालाहरुमा चिन्ता समेत थपिएको छ ।
सिसिएमसंगको कुराकानीमा पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले १७ औँ शताब्दीमा निर्माण गरिएका पुराना शैलीका घरहरु अब धेरै समय जोगाउन नसकिने अवस्था आएको बताए । यसलाई कहिलेसम्म जोगाउने भन्ने विषय राज्यको सजगतामा भर पर्ने उनले बताए ।
http://googlepokhara-com.stackstaging.com/pokhara-covid-7/
उनले भने, “अहिलेको अवस्था हेर्ने हो भने अव धेरै समय लाग्दैन जस्तो लाग्छ, अवको २–४ वर्षमा केही घरहरु भत्किएर जान्छन् र हिजोको दिनमा सयौ घरहरु थिए होलान, ति घरहरु मेटिदै जादाँखेरी अहिले १९ वटा मात्र बाँकी छन्, उनले थपे, ति १९ वटा घरहरु पनि केही समयमा भत्किएर जाने अवस्था देखिएको छ ।” तर, राज्यले कुनै पनि हालतमा पुरानो पोखराको पहिचान मेटाउन नहुने अध्यक्ष बास्तोलाले बताए ।
यस्तै अनुगमनका लागि पोखरा आएका पुल्चोक ईन्जिनियरिङ कजेलको आर्किटेक्ट डिपार्टका प्रध्यापक एंक पोखरामा चलिरहेको सुदृढ परियोजनाका विल्ड इन्भायरमेन्ट एक्सपर्ट (निर्माण वातावरण विज्ञ) अजयचन्द्र लालले पोखरामा रहेको पुरानो कला र शैली अलौकिक रहेको बताए । पोखराको पहिचानसंग जोडिएको मौलिक शैलीको संरक्षण गर्न सके यसलाई आर्थिक गतिविधिसंग जोड्नु आवश्यक रहेको बताए ।
http://googlepokhara-com.stackstaging.com/pokhara-coivd/
उनले भने, “यस्ता प्रकारका सम्पदाहरुको संरक्षणका खातिर संघीयतामा अधिकारको बाँडफाँड भैसकेपछि स्थानिय सरकारको नेतृत्व गरिरहेका वडा अध्यक्ष र महानगरका मेयर सहितका जनप्रतिनिधिहरुको जिम्मेवारी बढ्नुपर्छ, भएका कुराको अव संरक्षण हुनेमा म आशावादी छु ।” उनले यसको संरक्षणमार्फत पोखराको मौलिकता र इतिहासलाई जोगाउने अपेक्षा समेत व्यक्त गरे ।
१७७१ तिर पोखरा भित्रिएका नेवार समुदायले निर्माण गरेका पुराना शैलीका घरहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । सयौँको संख्यामा रहेका पुराना घरहरु अहिले भत्काएर नयाँ निर्माण थालिएपछि १९ वटा मात्र बाँकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार