नेपालमा आज थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण आज १२ जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-4-news/
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण ६७५ जनाको ज्यान गएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-covid-7/




