गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, विपि कोइराला स्मृति क्यान्सर अस्पताल चितवन, भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाँउपालिकामा २ जना, गोरखाका १ जना, पर्वतका १ जना, नवलपुरका ६ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना र लमजुङका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ५ हजार १३१ पुगेको छ ।
यसैबिच आज उपचारका क्रममा एक जना कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. २ की ५२ वर्षीय एक महिलाको आज बिहान मृत्यु भएको हो । यस्तै तनहुँको भिमाद ६ का एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ४२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार