गण्डकी प्रदेशमा आज १२९ जना नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/who-news/
विवरण अनुसार सवैभन्दा धेरै कास्कीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै लमजुङमा २९ जना, तनहुँमा २८ जना, स्याङ्जामा १७ जना, पर्वतमा २ र मनाङ्मा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-province-covid/
४३६ नमुना परिक्षणमा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशभरि १३० जना भने कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ४४९ जना डिस्चार्ज भएका छन् । कुल संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । कोरोनाका कारण हालसम्म ४० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार