कोरोना संक्रमणका कारण पोखरा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको कोभिड १९ उपचार केन्द्रमा उपचाररत लमजुङको बेसिशहर नगरपालिका वडा नं. २ का ५६ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-38/
असोज १८ गतेदेखी अस्पतालको आईसियुमा उपचाररत उनको आज दिउँसो ४ः२३ बजे मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण सहित टाइप टु डाईवेटिज लगाएतको समस्या रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/who-news/
लमजुङका ति पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको कोभिड १९ उपचार केन्द्रमा मृत्यु हुने १२ औँ संक्रमित हुन् । यसैबिच कोरोना संक्रमणका कारण देशभर आज १८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार