कर्णाल िप्रदेशमा आज १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्र नगर सुर्खेतका अनुसार कर्णाली प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिको नमुना परिक्षणमा १०५ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।
http://googlepokhara-com.stackstaging.com/nepal-covid-5/
प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विवरण अनुसार सल्यानमा ४६ जना, सुर्खेतमा ३४ जना, दैलेखमा ८ जना, कालिकोटमा ७ जना, जुम्ला र जाजरकोटमा १–१ जना तथा अन्य प्रदेशका ८ जनामा कोरोना देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-126/
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार ५२० पुगेको छ । ८ सय ७७ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।



