गण्डकी प्रदेशसभाको चालु अधिवेशन आज राति देखी अन्त्य गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले २०७७ जेठ ११ गतेदेखी जारी प्रदेशसभाको अधिवेशन आजराति देखी अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सभाको चालु अधिवेसनमा ६२ वटा बैठकहरु बसेको छ भने, १४ वटा विधेयकहरु पारित भएका छन् । आज राति १२ बजेदेखी चालु अधिवेसन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । यस्तै आजको बैठकले गण्डकी विश्वविद्यालयको अस्थाई दरबन्दि स्विकृत गर्ने सम्बन्धमा ९८ दरबन्दि सृजना गर्ने निर्णय समेत गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

यस्तै संक्रमण तथा सरुवा रोग अस्पताल संचालन तथा व्यवस्थापन समिति गठन आदेश २०७७ पनि स्विकृत गरिएको छ । सात सदस्यिय व्यवस्थापन समिति गठन गर्ने र त्यसको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्ने निर्णय गरेको बस्नेतले बताए । यसैबिच सामाजिक विकास मन्त्रालयका ३ वटा नियमावलीहरु समेत स्विकृत गरिएको छ । गण्डकी विश्वविद्यालय शिक्षक तथा कर्मचारी नियमावली, गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन र गण्डकी विश्वविद्यालय आर्थीक प्रशसन नियमावली स्विकृत गरिएको मन्त्री बस्नेतले जनाकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार