गण्डकी प्रदेशमा एकै पटकमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-gov-news/
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको पिसिआर परिक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा नयाँ १२६ जना संक्रमितहरु थपिएका हुन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ ।







