कोरोना संक्रमणका कारण रुपन्देहीमा थप चार जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिकाका ३ र तिलोत्तमा नगरपालिकाका १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । उनी मुटुका दीर्घरोगी थिए ।
यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो । असोज २१ गते नै कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या थियो ।
http://googlepokhara-com.stackstaging.com/covid-world-death-3/
बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या रहेको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको आज दाङको बेलुझण्डी स्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् । ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार