कोरोना संक्रमणका कारण नेपालमा ६ सय १ जनाको मृत्यु भएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण हाल सम्म ६ सय १ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज मात्रै ११ जनाले कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/tanahun-covid-19/
आज प्रदेश नं. १ मा ५ जनाको मृत्यु भएको छ । मन्त्रलायका अनुसार सुनसरीमा ४६, ५२, ६८ वर्षका पुरुष र झापाका २९ र ५२ वर्षका २ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यस्तै बाग्मति प्रदेशको काठमाण्डौमा ६७ वर्षीय एक महिला र ७१ वर्षीय एक पुरुषको मृत्यु भएको छ । ललितपुरमा ८४ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/corona-death-gandaki/
यता गण्डकीमा पनि एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारत पोखरा ८ का ७८ वर्षका एक पुरुषको मृत्यु भएको हो । रुपन्देहीमा २ जना पुरुषको मृत्यु भएको छ । ४७ र ८४ वर्षका २ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससंगै आज १० जना पुरुष र १ जना महिलाको मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/bimstec-sammelan/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार