कर्णाली प्रदेशमा आज ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-nepal-24/
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ६४ जना, दैलेअ अस्पताल दैलेखमा गरिएको परिक्षणमा ४ र चौरजहारी नगरपालिका पिसिआर परिक्षणमा प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/pn-campus-strike/
कर्णालीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म ३२२९ जना कोरोना मुक्त भएका छन् । १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या ४०३७ पुगेको छ ।




