गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/corona-death-nepal/
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा १२ जना, तनहुँको व्यास र भिादमा ३ जना, गोरखाको अजिरकोट र गण्डकीमा २ जना र स्याङ्जा आँधिखोला र पुतलीबजार नगरपालिकाका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । तनहुँ व्यास ३ का संक्रमित व्यक्ति जिल्ला अस्पताल, दमौलीमा कार्यरत चिकित्सक रहेका छन् भने भिमाद ६ का दुईजना पुरुष स्थानीय स्कुलका शिक्षक रहेका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-nepal-24/
यता पोखरा महानगरपालिकाको वडा नखुलेका ६२ बर्षीय पुरुष मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेका छन् भने पोखरा महानगरपालिका ३३ र ८ का ३६ र ४१ बर्षीय पुरुषहरु भारतबाट आएका हुन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ४०१ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार