गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरा र विपि कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परिक्षणमा तनहुँको व्यास नगरपालिकाका १ जना पुरुष र एक जना महिला तथा नवलपुरको देवचुलि र कावासोतीका १–१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसैबिच गोरखाको बारपाक सुलिकोट ६ निबासी ४५ बर्षीय कोरोना संक्रमित महिलाको बयोधा अस्पताल, काठमाडौँमा उपचारको क्रममा भएको छ भने नवलपुरको कावासोती ५ निवासी ७७ बर्षीय कोरोना संक्रमित महिलाको आज बिहान चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार २ सय ४३ पुगेको छ भने, ३६ जनाको मृत्यु भएको छ ।




