२२ दिनदेखि अनसन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा.केसीको अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनिहरुका अनुसार डा.केसीको रगतमा अक्सिजनको मात्र निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ । साथै केसीको श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुने लगायतका समस्या देखिएको छ ।
http://googlepokhara-com.stackstaging.com/world-teachers-day/
उनको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको र सुगरको मात्रा पनि कम भएको जनाइएको छ । अस्पतालले डा.केसीको अवस्था थप नाजुक हुँदै गएकोले जे पनि हुनसक्ने चेतावनी दिएको छ । स्वास्थ्य अवस्था निकै नाजुक हुँदै गएपनि डा.केसीले आफ्ना मागहरु पुरा नभएसम्म उपचार गर्न इन्कार गर्दै आएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-7/
यता पोखरा र काठमाण्डौमा भने डा.केसीको जिवनरक्षाको माग गर्दै विभिन्न आन्दोलनहरु भैरहेका छन् । पोखरामा जागौँ पोखरा अभियानले त्यसको नेतृत्व गरिरहेको छ भने काठमाण्डौमा विनिन्न नागरिक समुहहरु क्रियाशिल रहेका छन् । मेडिकल शिक्षामा सुधारको माग राख्दै डा.केसि १९ औँ पटकको अनसन बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार