गण्डकी प्रदेशमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-6/
क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज भरतपुर चितवनमा गरिएको परिक्षणमा तनहुँको शुक्ला गण्डकीका ५ जना, लमजुङको सुन्दरबजार, राईनास र दोर्दीका ५ जना र नवलपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/press-union-prize/
यस्तै तनहुँको देवदह र व्यासका ४ जना, गोरखाका १ जना, स्याङजाका १ जना र बाग्लुङका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरमा १ जनाको मृत्यु भएको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ भने, ३४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार