चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार चितवनको कालिका नगरपालिका वडा नं. ७ का ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण सहित खोकी र स्वासप्रवासमा समस्या भई अस्पतालको कोभिड आईसियुमा भर्ना गरिएको थियो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-34/
यस्तै नवलपुरमा पनि एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार नवलपुरको विनयत्रिवेणी गाँउपालिका वडा नं. २ दुम्किबासका ३६ वर्षीय एक पुरुषको शनिबार दिउँसो पौने ५ बजे मृत्यु भएको हो । उनलाई पनि कोरोना संक्रमण सहित निमोनिया, कल्कोहोलिक लिभर डिजिजका कारण मृत्यु भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-6/
उता बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।




