सार्वजनिक यातायातको प्रयोग गर्दा आवश्यक स्वास्थ्य सर्तकता अपनाउन स्वास्थ्य निर्देशनालय गण्डकीले आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमका बीच सार्वजनिक यातायात संचालनमा आएसंगै यसको फैलावटको दर थप बढ्न सक्ने चिन्ताहरु व्यक्त गरिएका बेला निर्देश्नालयले यस्तो आग्रह गरेको हो ।
सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खुद्रा पैसा लिएर यात्रा गर्न, नाक र मुख राम्रोसंग छोपिने गरि सर्जिकल माक्सको प्रयोग गर्न, एक पटक प्रयोग भैसकेको माक्स पुनः प्रयोग नगर्न, यात्रा गर्दा कम्तिमा एकअर्का बिचमा १ मिटरको दुरी कायम गर्न र सार्वजनिक यातायातमा एसिको प्रयोग नगर्न सुझाईएको छ ।
यस्तै अनावश्यक रुपमा सवारी साधनको सतहहरु नछुन, पटक पटक अल्कोहलयुक्त सेनटाईजरको प्रयोग गर्न, गन्तव्यमा पुगेपछि सावधानी पुर्वक माक्स बिर्सजन गर्न, सावुन पानीले मिचिमिचि आत धुन, १००.४ फरेनाहाईट भन्दा बढि ज्वरो आएमा सार्वजनिक यातायातको प्रयोग नगर्न र तुरुन्तै चिकित्सकको सल्लाह लिन सुझाव दिईएको छ ।
तर, मानिसहरुले सार्वजनिक यातायातको प्रयोग गर्दा माक्सको प्रयोग गरेको भएपनि त्यसको ठिकसंग उपयोग र भौतिक दुरी तथा अन्य सावधानि अपनाउनु पर्ने विषयमा समेत उपयुक्त ख्याल नगरेको पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार