ण्डकी प्रदेशमा बिहानै थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिकाका १० जना सहित गोरखा र तनहुँमा गरि १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकामा ३ महिला र ७ पुरुषमा कोरोना देखिएको हो । पोखरा १७ का २ जना संक्रमितहरु प्रहरी रहेको बुझिएको छ । उता तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु भिमादका रहेका छन् । यस्तै गोरखाको सुलिकोट, गोरखा नगरपालिका र आरुघाटका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार ३ सय पुगेको छ । उनिहरु मध्ये २ हजार ८ सय ३१ ज्ना निको भएका छन् । ३३ जनाको मृत्यु भएको छ । १ हजार १ सय ३९ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।




