पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-news-4/
कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको छ । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।




