लामो समय उपकुलपति विहिन रहेको पोखरा विश्वविद्यालयले कांग्रेस निकटका प्रा.डा प्रेमनारायण अर्याललाई उपकुलपतिका रुपमा पाउने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बिचमा भागबन्दा गरि पोखरा विश्वविद्यालय लगायतका देशभरका विश्वविद्यालयहरुको नेतृत्व चयन गर्ने सहमति गरिएपछि अर्याल पोखरा आउने भएका हुन् ।
यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि नेकपाका अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरीराजमणी पोखरेलले छुट्टाछुट्टै नाम अघि सारेपछि प्रधानमन्त्री केपि ओलीले काँग्रेसका निकटका अर्याललाई जिम्मेवारी दिएको बुझिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र समझदारी अनुसार नै पोखरा विश्वविद्यालयमा अर्याललाई नियुक्त गरिने भएको हो ।
http://googlepokhara-com.stackstaging.com/cabinet-meeting-2/
काँग्रेसको भागमा संस्कृत विश्वविद्यालयको उपकुलपति परेको भएपनि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्र कुरा नमिलेपछि पोखरा विश्वविद्यालयको उपकुलपति थमाएको स्रोतले बताएको छ । लामो समयदेखि रिक्त ती विश्वविद्यालयमा शिक्षा मन्त्रालयले गत कात्तिक मै उपकुलपति नियुक्तिका लागि आवेदन मागेको थियो । आवेदन लिएको करिब एक वर्षपछि राजनीतिक सहमति जुटाएर ती विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने विषय टुंगो लागेको हो ।
प्रधानमन्त्री एवं कुलपति ओलीले उपकुलपति नियुक्ति नगर्दा तीन विश्वविद्यालय एक वर्षदेखि पदाधिकारी विहीन थिए । पदाधिकारी नहुँदा नियमित कामकाज, बजेट, पठनपाठन, परीक्षा लगायतका शैक्षिक कार्यक्रम चौपट बनेको विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीको गुनासो थियो । झण्डै वर्ष दिनसम्म उपकुलपति नियुक्ति नहुँदा अन्य महत्वपूर्ण पदाधिकारीको पनि पदपूर्ति हुन नसकेर विश्वविद्यालय ठप्पजस्तै थिए । विद्यार्थी संगठनहरुले समेत उपकुलपति नियुक्तिका लागि आन्दोलन गर्दै आएपनि सरकार र प्रतिपक्षीबीच सहमति नहुँदा अहिलेसम्म नियुक्ति प्रक्रिया लम्बिएको थियो ।
http://googlepokhara-com.stackstaging.com/ps-gurung-suvakamana/




