आज नेपालमा १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-d-eath-news-10/
संक्रमितहरु मध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८८५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/karnali-covid-8/
देशभरका क्वारेन्टिनहरुमा अहिले पनि ६ हजार २ सय बढि मानिसहरु बसिरहेका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ जना रहेको छ ।




